प्रेम सुनार | साउन–२९, गुल्मी । भारतिय नकाबन्दी लगायतको विभिन्न समयमा खाना पकाउने ग्याँसको अभाव खेपिरहेको बेला राज्यले त्यसको विकल्प खोज्नु पर्नेमा एकदशक अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | साउन–२९, गुल्मी । भारतिय नकाबन्दी लगायतको विभिन्न समयमा खाना पकाउने ग्याँसको अभाव खेपिरहेको बेला राज्यले त्यसको विकल्प खोज्नु पर्नेमा एकदशक अ"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्याँसको विकल्प–जैविक उर्जाः स्वदेशी उत्पादन बन्द

२०७४, २९ श्रावण आईतवार ११:०५


प्रेम सुनार | साउन–२९, गुल्मी । भारतिय नकाबन्दी लगायतको विभिन्न समयमा खाना पकाउने ग्याँसको अभाव खेपिरहेको बेला राज्यले त्यसको विकल्प खोज्नु पर्नेमा एकदशक अघि नै भैरवहामा निजी क्षेत्रलले खोजी सकेको विकल्प भने सरकारी पक्षको वेवास्ताका कारण जैविक उर्जा उत्पादन फ्याक्ट्री भने बन्द भएको छ ।

२०६५  सालमा भैरहवाको शिद्धार्थनगरस्थित  पिपरियामा स्थापना गरिएको  जैविक उर्जा प्रतिष्ठान नेपाल नामक फ्याक्ट्री बन्द भएको हो । करिव २५ लाख लागतमा स्थापना भई काठमाण्डौमा वन सोरोकारवाला  र तत्कालिन मन्त्रीहरुकै रोहवरमा सफल परिक्षण समेत गरिएको थियो ।  पुर्व मेची देखि पश्चिम महाकालि सम्म वजार विस्तार पनि भई सकेको जैविक उर्जा फ्याक्ट्री भैरहवास्थित वसडिलुवाका युवा उद्यमी गंगाबहादुर बिश्वकर्माको अवधारणमा सञ्चालनमा ल्याईएको थियो । खाना पकाउने ग्याँसको विकल्प जैविक उर्जालाई देशभरकै पहिलो अभियान्ताका रुपमा दावि गर्ने बिश्वकर्मालाई साथ दिएका थिए स्थानिय हेमन्त शर्मा, शेखर रायमाझी , जंङ्गबहादुर दुलाल , ईन्दु आचार्यले ।

तत्कालिन गर्भनर दिपेन्द्रबहादुर क्षेत्री , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जितेन्द्रबहादुर क्षेत्री , तत्कालिन अर्थ सचिव रामेश्वर खनाल, उर्जा प्रविधिकरणका अध्यक्ष गोविन्द पोखरेल लगायतले जैविक उर्जा चुलोलाई खाना पकाउने ग्याँसको विकल्पका रुपमा प्रोत्साहन गर्नुपर्ने भन्दै सवै मन्त्रीहरु र राज्यका उच्च पदाधिकारीको चुलोमै प्रयोग समेत गरिएको युवा उद्यमी विश्वकर्माले बताए  । 

जैविक उर्जा  चुलो सञ्चालनममा आएपछि राष्ट्रिय सञ्चार माध्यमले समेत उत्त प्रविधिलाई उच्च महत्वका साथ सामाचार सम्प्रेषण गरेका थिए । देशका एकसेएक टेलिभिजनहरु समेत त्यस फ्याक्टरीको विशेष रिर्पोट बनाउन पुगेका थिए । करिव ४ वर्ष सम्म सञ्चालनमा आएको उक्त जैविक चुलो देशभर लाखौंको सख्यामा विक्रि वितरण भएको बिश्वकर्मा बताउँ छन् । धानको भुस, काठ मिलको धुलो र वनमारालाई समेत प्रयोगमा ल्याएपछि खाना पाक्ने त्यस जैविक उर्जा चुलो फ्याक्ट्रीलाई राज्यले २५ लाख मात्रै अनुदान दिए आफुले राज्यलाई वर्षेनी अरवौं आम्दानी दिएर छाड्ने बिश्वकर्मा दावी गर्दछन् । भारतमा लामो समय सम्म जैविक उर्जा सम्वन्धी ज्ञान हाँसिल गरेर स्वदेश फर्किका बिश्वकर्मा त्यहाँको सिपलाई स्वदेशमै प्रयोग गरी ग्याँस चुल्होको विकल्प अगाडी सारेको बताउँछन् । बन्द फ्याक्ट्रीमा रहेका सवै प्रविधीहरुले सतप्रतिशत काम दिने भएकोले राज्यले सुरुमा २५ लाख मात्रै लगानी गरे पनि हुने तर आफु संग त्यो लागानी गर्ने रकम नभएका कारण बन्द गर्नु परेको बाध्यता उनले सुनाए । तत्कालिन माआवादी नेता वावुराम भण्डारी लगायतका नेताहरुलाई समेत भेटेर उक्त फ्याक्टरी सञ्चालनका लागि आग्रह गरे पनि वेवास्ता गरिएको गुनासो बिश्वकर्माले गरे । तराई  क्षेत्रीमा बढि  उपयोगी हुने उक्त चुलोको खुद्रा मुल्य साढे आठ सय सम्म पर्ने गरेको छ ।

नजिर्क कुटानी पिसानी मिलबाट जम्मा तिन रुपैयाँको धानको भुस किनेर ल्याई त्यहाँ मौजुदा चुल्हो जलाएर बिश्वकर्माले ५ जनाको परिवारलाई ग्याँसमा भन्दा छिटो खाना पकाएर देखाई दिने यस रिर्पोटर सामु प्रयोग समेत गरे । उक्त फ्याक्टरी सञ्चालन गर्ने आर्थिक अवस्था कमजोर भएका कारण बिश्वकर्मा पैसा सुरक्षित राख्ने सेफ, बैककाले लकरको मिस्त्री काम गर्दै आएका छन् । भैरवहमा कै न्यु सोनी कुलर एण्ड मेटल उद्योग समेत सञ्चालन गरेको बिश्वकर्माले  उच्च व्राण्डको कुलरहरु पनि वजारमा ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी