भदौ २४, काठमाडौं । दसैँका लागि भदौको २७ गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।

शनिबार यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायी बुकिङ खोलेका थिएनन् । आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।

मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी टिकट बुकिङ खुला हुनेछन् । दसैँको लागि उपत्यकाबाट झण्डै ५० लाख यात्रु बाहिरिने गरेका छन् ।