2026-09-15 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट एक सय घरपारिवार लाभान्वित

काठमाडौँ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । सिँचाई सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिनुभयो ।
“गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीनवटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।”
उहाँले भन्नुभयो, “यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चारवटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छभने यसै वर्ष दुईवटा धारा थप गरी ५० वटा धारा पु¥याइएको छ ।”
एक लाख ८० हजार लिटर क्षमताका दुईवटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ ।
योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष रु ४५ लाख र यस वर्ष २५ लाख गरी रु ७० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताउनुभयो ।
आगामी वर्षका लागि रु १० लाख बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो ।
“आकाशेपानीको भर पर्नु पर्दैन,” प्रमुख आचार्यले भन्नुभयो, “नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।” उहाँका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रुपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु