2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवौ रास्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु ।

खकेन्द्र केसी

चैत १७ सल्यान

सल्यानमा नवौ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनमा आज, भोली र पर्सि हुने मावि स्थरीय खेलको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । त्रिभुवन जन मावि लुहापिङ को प्राङ्गणमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुद रास्ट्रको गहना भएकोले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका छन । सल्यानमा विभिन्न खेलकुदमा प्रतिभामान व्यतिहरु भएको भन्दै जिल्लालाई चिनाउन खेलाडीको प्रमुख भुमिका भएको सहभागीले वताएका थिए । खेल स्वास्थ्यका लागि मात्रै फाइदा नभएर देश निर्माणको लागि खेलाडीको महत्वपुर्न भुमीका हुनेमा सबैले जोड दिएका थिए । 

जिल्ला स्थरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलनको लागी यस अघि सल्यानका दुई निर्वाचन क्षेत्र स्थरीय खेल थारमारे र काभ्राको रामपुरमा सम्पन्न भई ८ ओटा टिम छनोट गरिएको थियो । ति छनोट भएका टिमले अब रनिङ सिल्ड खेल्दै छन् । खेलहरुमा भलिबल, कराते, कवडी, यथिलेक्स, तेगुन्दो गरि ५ ओटा रहेको जिल्ला खेलकुद विकास समीतिले जानकारी दिएको छ । 

जिल्ला खेलकुद विकास समिती सल्यानका अध्यक्ष विजय सिंह को सभा अध्यक्ष बाट सुरु भएको कार्यक्रको प्रमुख अथितीको रुपमा स्थानीय विकास अधिकारी भरतकुमार अधिकारीलाइ बोलाए पनि उनको उपस्थिती रहेको थिएन । अथितीको रुपमा भने विभिन्न संघ सस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रमको स्वागत मन्तव्य जिल्ला खेलकुद संघ सल्यानका उपाध्यक्ष सिवन हमाल दिएका थिए भने संचालन सचिव शिव अधिकारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ