बगाएको दाउरा ल्याउन जादा,आफै बाढीमा बगेर बेपत्ता

साझासवाल
0 Min Read

काठमाडौँ | झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका- १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा झापाकै कन्काई नगरपालिका- ५ बस्ने ६० वर्षीइ चन्द्र बहादुर बिक रहेका प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

Share This Article