चैत्र ८, काठमाडौं | वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशत छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।

यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका साथैे एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्नुहुनेछ ।

वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् ।