2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

फोहर पानी पिउन बाध्य बन्दै डडेल्धुराका ग्रामीण बासिन्दा

चैत ८, डडेल्धुरा | सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउनुहुन्छ । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा खानेपानीको समस्या भोगिरहेका छन् । 

हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटका लक्ष्मी विकले बताउनुभयो । दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्का महिला राजु भुलले दुखेसो पोख्नुभयो । 

कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताउनुभयो । घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासीले जानकारी गराएका छन् । 

दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । 

धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी धर्म विकले बताउनुभयो । 

नुहानका लागि समेत पालो कुर्नुपर्ने स्थानीयवासीको भनाइ छ । शौचालय र अन्य सागपातका लागि सिँचाइ सुविधा नभएको स्थानीयवासीले जानकारी गराएका छन् । स्थानीयस्तरमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आशा बोकेका सुनकोटका सर्वसाधारण फेरि आफ्ना दुःख उस्तै रहेको बताउँछन् । 

सुनकोटलगायत साविको कोटेली गाविसका धेरै गाउँ खानेपानी समस्या भोग्दै आइरहेका छन् । मूलको विवादका कारण पानी समस्या भएको तर हाल समाधान भएको र अब चाडैं खानेपानी लगायतका योजना सञ्चालन हुने स्थानीयवासी समाज सेवी टेकबहादुर ऐरले बताउनुभयो । 

सुख्खायाम लागेसँगैं ग्रामीण भेगमा पानीका मूलसुकेर जान थालेपछि खानेपानी समस्या देखिन थालेको हो । जथाभावी जंगलकोबिचबाट सडक खन्दा मूलसुक्न थालेको स्थानीयवासीको भनाइ छ । पानीका मूल तथा खोलानालामासमेत पानी कम हुन थालेपछि डडेल्धुरालगायत पहाडी भेगका गाउँबस्तीमा पानीको समस्या देखिन थालेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ