2026-10-07 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको निर्देशनमा माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरियो: एकीकृत समाजवादी

काठमाडौँ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।

‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्‍यो ?,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’

पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए । भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’