2026-06-16 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा

2018-03-27

चैत १३, काठमाडौँ | नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । 

बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति निर्माण, गरिबी घटाउने र दिगो विकास तथा अन्तरसांस्कृतिक संवादमा योगदान गर्दै आएको छ । 

लैङ्गिक समानता एवं प्रौढ शिक्षामा विशेष ध्यान दिँदै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य उद्देश्य भएको युनेस्कोले गरेको पैरवीको परिणामस्वरुप राष्ट्रिय योजना आयोगले दशौँ पञ्चवर्षीय योजनामा सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरुको प्राप्तिप्रति नेपालको प्रतिबद्धतालाई पुनः जोड दिनाका साथै त्यससँग सम्बन्धित लक्ष्य निर्धारण गरेको थियो । 

औपचारिक एवं अनौपचारिक शिक्षासँग सम्बन्धित विषयमा तथ्यपरक निर्णय गर्न, योजना निर्माण एवं सेवा प्रवाहमा सहयोग पु¥याउन युनेस्कोले शिक्षा विभाग र अनौपचारिक शिक्षा केन्द्रमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको स्थापनामा पनि मद्दत गरेको थियो । दिगो विकास लक्ष्य नं ४ एवं शिक्षा २०३० कार्यक्रम हासिल गर्ने नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युनेस्कोले सबैका लागि साक्षरता एवं जीवनपर्यन्त सिकाइका अवसर प्रदान गर्न सरोकार भएकाहरुको क्षमता विकासमा सक्रियताका साथ काम गरिरहेको उक्त कार्यालयका नेपाल प्रतिनिधि क्रिष्टियन मानहार्ट बताउनुहुन्छ । 

सांस्कृतिक क्षेत्रमा सो कार्यालयले विविध समुदायबीच सांस्कृतिक विविधता र संवादको प्रवद्र्धधनका माध्यमबाट नेपालका मूर्त एवं अमूर्त समृद्ध सांस्कृतिक सम्पदाको जगेर्ना, संरक्षण एवं सुरक्षामा सहयोग प्रदान गरेको छ । कार्यालयले नेपालका चार विश्व सम्पदास्थलको संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । 

भूकम्पबाट क्षति पुगेका काठमाडौँ उपत्यकाका स्मारक क्षेत्रको पुनरुद्धार, गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै सो वरपरका बौद्धस्थलको संरक्षण, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता दुई प्राकृतिक विश्व सांस्कृतिक सम्पदास्थलले सामना गरिरहेका चुनौतीको हल गर्न सक्षम निकायलाई प्रदान गरिएको सहयोगलगायत पर्छन् । 

युनेस्कोले बुद्धको जन्म संकेत शिला, मायादेवी मूर्ति र अशोक स्तम्भजस्ता पुरातात्विक कलाकृति संरक्षणको समेत निरीक्षण गरेको तथा लुम्बिनी क्षेत्रका पवित्र उद्यान, खास गरेर मायादेवी मन्दिरमा गरिएको उत्खननबाट इशापूर्व छैटौँ शताब्दीको गौतम बुद्धको जीवनकालीन संरचनाको प्रमाण फेला पारेको छ । 

सञ्चार र सूचनाका क्षेत्रमा सो कार्यालयले पत्रकार, सामुदायिक सञ्चारमाध्यमसँग सम्बद्ध सञ्चारकर्मी तथा मानवाधिकार अभियानकर्मीको क्षमता विकास गरी अभिव्यक्ति स्वतन्त्रता र जनताको सूचनासम्मको पहुँच प्रवद्र्धन गर्दै आएको छ । पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताप्रतिको युनेस्कोको प्रतिबद्धताले ‘मिडिया’ विकासका क्षेत्रमा यसलाई अग्रणीकर्ताका रुपमा स्थापित गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ