२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप

२०७५, ७ बैशाख शुक्रबार १०:४७

वैशाख ७ काठमाडौँ | नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । 

यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

उम्मेदवारप्रति दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय शनिबारका लागि निर्धारण गरिएकामा सो कार्य सोमबारका लागि निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षको नेतृत्वमा गठन हुने प्रदेश समितिमा उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय कार्यसमिति रहने छ । 

प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले समझदारी कायम गरी निर्वाचनमा भाग लिन लागेको भन्दै त्यसको विरोध स्वरुप क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाजले महासंघका कार्यालयहरुमा आज तालाबन्दी गरेको छ । 

तालाबन्दी भए पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सबै ठाउँमा उत्साहजनक रुपमा मनोनयन भइरहेको महासंघले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै