Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालगञ्जमा आजदेखि लकडाउन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ८, काठमाडौँ । बाँकेको नेपालगञ्जमा आज देखि एक हप्ता लकडाउन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै बुधबार राति १२ बजे देखि लकडाउन लगाउने निर्णय गरेको हो ।

लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । लकडाउन वैशाख १५ गते सम्म लागुहुने उनले बताए ।

आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ ।

लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।