Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शरीरको कुन अंगको कोठीले के संकेत गर्दछ ? जान्नुहोस्

By kit 5 मिनेट पढाइ

निधारको दायाँ भागमा कोठीः यो भागमा कोठी हुने मानिसहरु धनवान हुन्छन् । तपाईंलाई कहिले पनि पैसाको कमी हुँदैन ।

निधारको बाँया भागमाः यदि तपाईंको निधारको बाँया हिस्सामा कोठी छ भने तपाईंको जीवन निकै कष्टकर हुने गर्दछ । तपाईं आफ्नो जीवन निकै गाह्रो गरेर बिताउनुहुन्छ ।

निधारको बिचमा कोठीः निधारको बिचमा कोठी हुने व्यक्तिका लागि यो शुभ संकेत हो । अनुहारको यो भागमा कोठी भएका कारण तपाईंको जीवनमा कहिले पनि पैसाको कमी हुँदैन । यसका साथै तपाईंले निकै मानसम्मान पनि पाउनुहुन्छ ।

चिउँडोमा कोठीः यदि तपाईंको चिउँडोमा कोठी छ भने तपाईंले भविष्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । यसले तपाईंको जीवनसाथीसँग कलहको अत्यधिक सम्भावना निम्त्याउने गर्दछ ।

दाहिने आँखामा कोठीः यो शुभ संकेत हो । यसका कारण तपाईंले आफ्नो जीवनसाथीबाट पूरै जिन्दगीभरि माया पाइरहुनुहन्छ ।

बायाँ आँखामा कोठीः यो अशुभको संकेत हो । यसका कारण तपाईंले पूरै जिन्दगी संघर्ष गरेर बिताउनुपर्ने सम्भावना छ।

गालामा कोठीः यदि तपाईंको दाहिने गालामा कोठी छ भने यो शुभको संकेत हो । यसलाई तपाईंले धनवान बनाउँछ । तर यदि तपाईंको बाँया गालामा कोठी छ भने यो अशुभ हो । यसले तपाईंलाई सधैं पैसाको अभावमा बाँच्नुपर्ने संकेत गर्छ ।

ओठमा कोठीः ओठमा कोठी हुने व्यक्तिहरुको भित्रि मनमा निकै प्रेम हुन्छ । यसले तपाईंको कामुक प्रवित्तिलाई पनि दर्शाउँछ ।

कानमा कोठीः यदि तपाईंको दाहिने कानमा कोठी छ भने यसको अथए तपाईंको जीवन निकै छोटो छ तर यदि तपाईंको बायाँ कानमा कोठी भएमा यो शुभ हुन्छ । बाया कानमा कोठीले देखाउँछ कि तपाईं सधैं दुर्घटनाबाट बच्नुहुन्छ ।

गर्दनमा कोठीः गर्दनमा कोठी हुनु निकै शुभ मानिन्छ । यसले तपाईंको पूरै जिन्दगी निकै विलासितामा बिताउँने देखाउँछ । यस्ता व्यक्तिहरुको उमेर पनि लामो हुन्छ ।

हातमा कोठीः यदि तपाईंको दाहिने हातमा कोठी छ भने यो तपाईंको बीरताको संकेत हो जसका कारण मानिसहरु तपाईंलाई सम्मान गर्छन् । बाँया हातमा कोठी हुनेहरुले छोरी नै जन्माउने देखाउँछ ।