Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रहरीको उच्च खोजीमा रहेका ठाकुरलाई आज सार्वजनिक गरियो

२०७३, ११ पुष सोमबार ०८:५२

पुस ११, गौशाला । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको आरोपमा पक्राउ परेका बुढा भन्ने दीपेन्द्र ठाकुरलाई आज सार्वजनिक गरेको छ । 

प्रहरीको उच्च खोजीको सूचीमा रहेका दीपेन्द्र ठाकुर भारतको विभिन्न ठाउँमा लुकेर बस्दै आएकामा शनिबार बिहान जिल्लाको सिस्वाकटैया गाविस–१ बाट विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

प्रहरीले उनको साथबाट एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एक थान मोबाइल, एक थान भारतीय मोवाइलको सिम र १४।२० ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

पक्राउ परेका ठाकुरले जिल्ला प्राविधिक कार्यालय महोत्तरीका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या गरेको, जानकी मेडिकल कलेजका तत्कालीन सञ्चालक अशोक सिन्हाको धनुषा जिल्लाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका म्यानेजरलाई गम्भीर घाइते बनाएको, साथै अन्य सात बढी हत्याको आरोपमा फरार रहँदै आएका थिए । 

त्यस्तै ठाकुरले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको पनि धेरैजसो ठाउँमा अपहरण, चन्दा असुली र धाकधम्कीका दर्जन बढी घटना घटाइसकेको प्रहरीले जनाएको छ । 

ठाकुरमाथि महोत्तरीमा चार, धनुषामा पाँच, सिराहा र सर्लाहीमा गरी सङ्गठित अपराध, हातहतियार, चन्दा आतङ्क, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधलगायत दर्जनभन्दा बढी मुद्दा रहेका छन् । 

उनी तराईमा सशस्त्र विद्रोह गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा ९राजन मुक्ति समूह०मा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए । 

लागुऔषधसहित दुई युवा पक्राउ 

महोत्तरीको मटिहानी गाविसबाट प्रहरीले आज प्रतिबन्धित लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय सरोज कापडी र ललितपुर उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय मधुकर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

भारतको मधवापुर सहरबाट दुवै युवकले बा१प २१७१ नंको मोटरसाइकलमा चढी लागुऔषध बोकेर महोत्तरीबाट धनुषा गइरहेका क्रममा मटिहानी–९ स्थित सडकबाट चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । 

प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट २५५ पिस र स्पास्मो १२ पिस बरामद गरेको छ । 

लागुऔषधसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई उनीहरुमाथि लागुऔषध मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै