साउन १०, काठमाडौं । गएरातिको वर्षासँगै आएको पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट तथा आसपासका होटलहरु पुरिएको खबर छ । रसुवाको सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो भने सो आसपासका घरमा राति बास बसेका झन्डै १२ जना घाइते भएका छन् । पछिल्लो प्राप्त जानकारी अनुसार ४ जनाको मृत्यु भएको छ भने ११ जना सम्पर्कविहीन भएका छन् ।

पहिरोमा परि मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरिएका छन् । बजार क्षेत्र भएकाले अझै बढी पुरिएको हुनसक्ने अनुमान छ ।
टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो ।
