२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पर्यटकको आकर्षण बढाउन थारु संग्रहालय निर्माण

२०७५, १० श्रावण बिहीबार ०३:५०

साउन १०, कञ्चनपुर (रासस) | पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी(भल्का)मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ । 

काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि वडा कार्यालयले रु दुई लाख र स्थानीय बासिन्दाले रु चार लाख बढीको श्रमदान गरेका छन् । भवनसँगै पर्यटकीय क्षेत्रमा दुई वटा पक्की शौचालयसमेत निर्माण गरिएको छ । 

“संग्रहालय भवन निर्माण भएकाले थारु समुदायका संस्कृति झल्किने परम्परागत पहिरन, गहना, रहनसहनसँग सम्बन्धित वस्तु, कृषिमा प्रयुक्त हुने परम्परागत सामग्रीलगायत पर्यटकका लागि राख्न लागेका छौँ” वडाध्यक्ष बहादुर महराले भन्नुभयो ।

अर्को वर्षदेखि पर्यटकका लागि संग्रहालय खुला गर्ने योजना रहेको उहाँले बताउनुभयो । संग्रहालयमा राख्ने वस्तुको जोरजम्मा गर्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको छ । संग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्यबत्तीको व्यवस्था गर्ने र फ्रि वाइफाइको व्यवस्था गर्ने योजना बनाइएको छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने ग्राभेल सडकको निर्माण कार्य पूरा गरिएको छ । 

सडकको स्तरोन्नति नहुँदा यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । वडाध्यक्ष महराले भन्नुभयो, “पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक निर्माणलाई पहिलो वर्षमै प्राथमिकतामा राखेपछि आन्तरिक पर्यटक आवागमनमा निकै वृद्धि भएको छ ।” वर्षमा दुई हजारदेखि तीन हजार ४०० बढीको संख्यामा यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् । 

हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफैँ माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीय बासिन्दा बताउँछन् । 

पहिले कुण्डमा रहेको पानी दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पुगाएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुंगाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको छ । कुण्डमा रहेको पानी अनौठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । 

दैनिक औसतमा ५० बढी आन्तरिक पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्ने गरेका छन् । पिकनिकका लागि पानीको पर्याप्तता र यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि पर्यटक यहाँ पुग्द छन् । माघे संक्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । 

मेलामा आउनेले कुण्डमा नुहाएमा सबै पाप कर्म नास हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको स्थानीय ढुण्डीराज भण्डारीले बताउनुभयो । यस क्षेत्रप्रति थारु समुदायको अगाव श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँशी, माघेसंक्रान्ति बेला यस क्षेत्रमा पुगी पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् । पौराणिककालदेखि यस क्षेत्रले धार्मिक मान्यता पाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी