कार्तिक २६, काठमाडौं । साताको तेस्रो दिन मंगलबार फेरि नेपाली बजारमा सुनको घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।