2026-09-12 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र

काठमाडौँ |  स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो ।

जुग्ले–बाँगे सडकखण्डको हाल जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । “आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ”, उहाँले भन्नुभयो, “सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ ।”

गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उहाँहरुलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पु¥याउन यो सडकले महत्वपूर्ण टेवा दिने उहाँले बताउनुभयो । दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले सङ्घीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो ।

विसं २०७९ माघमा सम्झौता भई निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उहाँले बताउनुभयो । “बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६०० मिटर ढलान गरिएको छ”, उहाँले भन्नुभयो, “साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माणसम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ ।”

सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु तीन करोड र आँधीखोलाको रु चार करोड ५५ लाख गरी कूल रु सात करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो ।

तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब–इञ्जिनियर सन्तोष सुवेदीले बताउनुभयो । सडक नालीसहित सात मिटर चौडाइको रहेको छ । सडक किनारामा पहेँलो घेराको रङ–रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उहाँले बताउनुभयो । सडक पाँच दशमलव ७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ । ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उहाँले बताउनुभयो । उक्त सडक निर्माणका लागि विजय÷राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस