चैत २१, काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए ।

संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने प्रावधान रहेको छ । मन्त्रालयका अनुसार बैशाख सम्ममा अपुग दरबन्दीको विवरण निकालिने छ । ‘छोटो प्रक्रियाबाट यही आर्थिक वर्ष्भित्र कर्मचारी नियुक्त गर्ने छौं ।

नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छौं ।’ मन्त्री पण्डितले भने । कतिपय प्राविधिक पदका कर्मचारी करारमा भए पनि नियुक्त गर्ने पनि मन्त्रालयले जनाएको छ ।