आक्रमणका संदिग्ध योजनाकार पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

बैशाख  १७, लस एन्जलस | अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । गतसाता लस एन्जलसको लङ बिचमा अतिवादी गोरा समुदायको र्यालीमा आक्रमण गर्ने योजना बनाएको मार्कमाथि आरोप छ ।

अमेरिकी न्यायाधीवक्ता निक हन्नाले मार्कले ठूलै मानवीय क्षति गर्नेगरी योजना बनाएको पुष्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सतर्कताका कारण समयमै उक्त हत्याकाण्ड रोकिएको छ ।”

डोमिङ्गोलाई गत शुक्रबार बम सहित गिरफ्तार गरिएको थियो ।

अदालती दस्ताबेज अनुसार डोमिङ्गोले अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का एजेन्टसँग आफूले मुस्लिम समुदायमाथि भएका आक्रमणको बदला लिन चाहेको बताएका थिए ।

डोमिङ्गोले यहूदी, गिर्जाघर र प्रहरी अधिकारी समेतका धेरै ठाउँलाई लक्षित गरी आक्रमणका विकल्प बारेमा सोचेको र अन्त्यमा लङ बिच र्यालीमा आक्रमण गर्ने योजना बनाएको अधिकारीहरुले दाबी गरेका छन् ।

उनले आफ्ना अनलाइन पोष्टमा अमेरिकाले विश्वभर हिंसा फैल्याउन भूमिका खेलेको भन्दै त्यस्ता कार्य रोक्न अमेरिकी स्वार्थ जोडिएका क्षेत्रमा आक्रमण गर्नुको विकल्प नरहेको लेखेका छन् । रासस-एएफपी

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply