२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्क निर्माण: बैठकमै भयो चर्कचर्की

२०७६, ९ जेष्ठ बिहीबार १०:४६

जेठ ९, काठमाडौँ । गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कका तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देलले सिंगो समितिलाई नै भ्रममा पारेको भन्दै आलोचना गरिएको छ ।

पार्कको १३ औं स्थापना दिवसको अवसरमा छलफल गर्ने भनेर बोलाएको सदस्यहरुलाई नेपाल सरकारले यस अघि नै जारी गरिएको कार्यविधिलाई पार्कको कार्यविधि भन्दै आफुहरुलाई पंगु बनाउन खोजिएको आरोप लगाए । समिति नै वैधानिक नभएका अवस्थामा बैठक बोलाउने हैसियत नभएको भन्दै अध्यक्ष सिग्देलमाथी सहभागीहरुले असन्तुष्टि जनाएका छन् । 

संस्थागत कामकारवाहीलाई नीजि कम्पनीको रुपमा सञ्चालन गर्दै आएको भन्दै बैठकमा सहभागीहरुले आपत्ति जनाएका थिए । गुरु योजना सहितको परियोजना अन्र्तगत निर्माणधीन पार्कको भौतिक संरचनाहरु लथालिङ्गा रहेको अवस्थामा तत्कालिन अध्यक्ष सिग्देलले २ कार्यकाल सम्हाले पनि कुनै परिवर्तन नआएको चौतर्फी आलोचना आईरहेको बेला अध्यक्षको हैसियतले आज विहिवार पार्कमा बैठक बोलाउदा सिग्देलमाथी सबै सहभागी खनिए ।

बैठकमा अथितिको रुपमा बोलाएका नेकपाका केन्द्रिय सदस्य एवम् सहिद प्रतिष्ठान नेपालका अध्यक्ष कृष्ण सापकोटाले पार्कले समग्र सहिदको उचित मूल्यांकन गर्न नसकिएको बताए । अध्यक्षको भूमिकामा सन्देह पैदा भएको र वास्तविक रुपमा पदाधिकारीका सदस्यहरुबाटै चौतर्फी विरोध गरिरहेको हुँदा समितिको कुनै औचित्य नभएको बताए । उनले पार्कलाई राजनीतिक दृष्ट्रिकोणबाट फरक तरिकाले हेर्नुपर्ने उल्लेख गर्दै सबैको साझा अपनत्व हुने वातावरण हुनुपर्ने बताए । अध्यक्ष सापकोटाले राज्यले तत्काल उचित निर्णय गरेर अधिकार सम्पन्न त्यस पार्कमा नयाँ कार्य समिति गठन गर्नुपर्ने सुझाव दिए ।

तत्कालिन व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका हरिकृष्ण श्रेष्ठले पार्कले १२ औं वर्ष पार गर्दा समेत पार्क निर्माण सम्पन्न नहुनुमा सुर्दशन सिग्देलले त्यसको जिम्मेवारी लिनुपर्ने बताए । बैठकमा बोल्दै पार्कमा अब सक्षम, सबल र पार्क निर्माण गर्ने खालको अध्यक्ष आउनुपर्ने तर्क राखे । वैधानिक कमिटि भएको भए १ वर्षभित्र किन बैठक बोलाउन सकिएन भनेर सिग्देललाई प्रश्न समेत राखे । 

बैठकको नाममा आफुखुसी निर्णय गर्दै पदाधिकारीहरुको घरघर धाउने काम बन्द हुनुपर्ने भन्दै सिग्देललाई इंगित गर्दै नयाँ कार्य समिति नबनेसम्म कसैले पनि पार्कको नाममा मनपरी गर्न नपाउन बताए ।  त्यस्तै बैठकमा सहभागी नेपाली काँग्रेसका प्रतिनिधि तथा पार्क व्यवस्थापन समितिको तत्कालिन महासचिव त्रिलोचन पौडेलले नयाँ अध्यक्षको सुरसार नै नभई आफू एक्लै हिड्ने र पार्कमा कुनै पनि पारदर्शी नभएको भन्दै आपत्ति जनाए । उनले अध्यक्ष सिग्देललाई गुमाउरो तरिकाले चाँडै सद्बुद्धि आहोस् भन्दै व्यांग्य समेत गर्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा