Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब आर्थिक विकासमा जुट्नुपर्छः वरिष्ठ नेता खनाल

२०७६, ४ आश्विन शनिबार १५:०६

असोज ४, काठमाडाँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताउनुभएको छ । लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उहाँले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ ।” नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेर्नु दुःखद् भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा नेकपाको सांस्कृतिक विभाग प्रमुख मणि थापाले पुस्तकले बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न सक्ने खतराप्रति सतर्क गराउन खोजेको बताउनुभयो । समालोचक तथा विश्लेषक प्रा डा गोपिन्द्र पौडेलले पुस्तकको विषयवस्तुमा विदेशी हस्तक्षेपका साथै समाजमा विद्यमान विकृति विसङ्गतिको विषयमा राम्रो चित्रण गरिएको बताउनुभयो । 

प्राध्यापक निर्मला पोखरेलले पुस्तकको समालोचना गर्दै भन्नुभयो, “तीन सयभन्दा बढी अनुसन्धानकर्ताको अध्ययन गर्नु, विश्वदेखि नेपाल भित्रका सयौँ अध्येयताको अध्ययन गर्नु चानेचुने कुरा होइन ।” लेखक भण्डारीले समाज परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ