By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सरकार जनताको भावना बुझेर अगाडि बढ्छ : उपप्रधानमन्त्री पोखरेल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सरकार जनताको भावना बुझेर अगाडि बढ्छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ - KTMसमाज

सरकार जनताको भावना बुझेर अगाडि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

साझासवाल
Last updated: October 29, 2019 9:21 am
साझासवाल
4 Min Read
Share

कात्तिक १२, भक्तपुर । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताउनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेको राम्रा कामलाई जस्ताको तस्तै जनताको माझ पुग्नुपर्छ, तर सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाएर विरोधीले विरोधको आगो सल्काउने कार्य गरिरहेका छन् र जनताले यसलाई बुझ्नुपर्छ ।”

सरकारले ल्याएको गुठी विधेयकको प्रसङ्ग कोट्याउदै उहाँले धर्म, परम्परा र संस्कृतिलाई जोगाउने गरी नै सरकारले गुठी विधेयक ल्याएको बताउनुभयो ।  उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– “सरकार संस्कृति र साँस्कृतिक जोगाउन दृढतापूर्वक सरकार उभिन्छ, तर गुठीका नाममा तराईलगायत विभिन्न ठाउँमा सामन्ती, शोषण, उत्पीडिनका धेरै उदाहरण छन्, वर्षौदेखि सामन्तीले जनतालाई जोताहा बनाएका छन्, मालिक बनाएका छन्, सरकारले ल्याएको गुठी विधेयक त्यस्ता सामन्तीका विरुद्ध हुन्, जनताको पक्षमा हुन, कला, संस्कृति र साँस्कृतिक पक्षमा हो, सरोकारवालासँग यस बारेमा पुनः छलफल गरेर सरकार अगाडि बढ्छ ।”

उहाँले नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग नेपालको पहिचान गराउने र ऐतिहासिक प्रसङ्ग भएकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग वैज्ञानिकरुपमा पनि स्थापित गराउने प्रसङ्ग भएको चर्चा गर्दै उहाँले नेपाल संवत्सँग कही न कही गाँसिएर विक्रम प्रसङ्ग चल्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । 

नेपाल संवत् प्रसङ्ग एउटा जातिको मात्र होइन र हुन पनि सक्दैन भन्दै उपप्रधानमन्त्री पोखरेलले यो एउटा जाति र समुदायको मात्रै नभई सबै जातिको सबै समुदायको प्रसङ्ग हो भनेर प्रत्येक नेपालीको जनजनमा पुर्याई यसलाई सबैले स्वीकार्ने प्रसङ्गको रुपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक वर्ष नेपाल सम्वत्का दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्ने घोषणा गर्नुभयो ।

उहाँले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गर्नुभयो । नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । 

प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालयलगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट आफूले रु. ५० लाख प्रदान गर्ने घोषणा गर्नुभयो । 

उहाँले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो ।

राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तिहारमा बैतडीको पुर्चौडी नगरपालिकाको ४ र ५ को सिङ्गो गाउँ शोकमा
Next Article लमजुङमा जुवा खेल्दै गरेको अवस्थामा २५ जुवाडे पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCसमाज

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ, ३ जना फरार

57 years ago
दाङ्ग - DNGसमाज

खोलाले बगाउँदा देउखुरीमा एक युवकको मृत्यु

57 years ago

उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग

57 years ago
काठमाडौँ - KTMराजनीतिसर्लाही - SLH

मधेसमै सपथग्रहण नगराए बहिष्कार गर्ने नेता मण्डलको चेतावनी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?