२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग

२०७२, ७ आश्विन बिहीबार ०४:४४

असोज ७, प्यूठान / जिल्लाका मुस्लिम व्यवसायिहरुले प्यूठान उद्योग वाणिज्य संघको आशन्न नवौ अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्वको माग गरेका छन् । जिल्लाका विभिन्न बजार केन्द्रहरुमा व्यवसाय गरि बस्ने मुस्लिम समुदायका अगुवाहरुले यस्तो माग गरेका हुन् ।

pyuthan photo‘हामी जितेर जान नसक्ने भयौँ ।’ ढुङ्गेगढी–३ वड्डाँडामा कपडा तथा फेन्सी व्यवसायि गरि बस्ने मोहम्मद हलिम मिँयाले भन्नुभयो, ‘संघको विधानले मुस्लिम प्रतिनिधित्वको स्पष्ट व्यवस्था गर्नु पर्दछ ।’ जायज माग सम्बोधन नगरिए संघको सदस्यता लिईरहन आवस्यक समेत नभएको मिँयाले प्यूठान समाचारलाई बताउनुभयो ।
‘मुस्लिमहरुको पनि उद्योग वाणिज्य संघमा अपनत्व हुनु प¥यो ।’ वड्डाँडा बजार ईलाकाका उपाध्यक्ष मोहम्मद मर्सदिन मिँयाले भन्नुभयो । सक्षम र सबल हुँदाहुँदै पनि अल्पसंख्यक भएकै कारण निर्वाचित् हुन समस्या भएको मिँयाको भनाई छ । अनिवार्य मनोनीतको व्यवस्था अबको अधिवेशनले निर्णय गर्नु पर्ने मिँयाको माग छ ।
व्यवसायीहरुका हक अधिकारको संरक्षण एंव सम्वद्र्धन गर्न स्थापित संघमा पछिल्लो समयमा देखिएको राजनीतिक हस्तक्षेप प्रति मुस्लिम व्यवसायिहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्लामा छरिएर रहेका मुस्लिम व्यवसायीहरुलाई एकिकृत गर्न समेत अबको अधिवेशनबाट जिल्ला कार्यसमितिमा मुस्लिम व्यवसायिको पँहुच पुग्नुपर्ने बाहानेका व्यवसायि सनम मिँयाले बताउनुभयो । ‘जिल्लाको व्यापार प्रवद्र्धनमा हामीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ मिँयाले भन्नुभयो । बाहाने ईलाकाको कार्यसमितिमा मुस्लिमलाई सहभागी नगराईएकोमा मिँयाले चिन्ता व्यक्त गर्नु भयो ।
‘सुर्य जि। को पाला देखि कुरा उठाएको हो ।’ विजुवारमा व्यवसाय गरि बस्ने कलिम मिँयाल भन्नुभयो, ‘व्यक्ति विशेषको मात्र चाहानाबाट नभएर संघको विधान मार्फत आरक्षणको व्यवस्था हुनुपर्दछ ।’
संघको नवौं अधिवेशनमा मुस्लिम प्रतिनिधित्वको विषयमा छलफल हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधवराज भण्डारीले बताउनुभयो । ‘विधानमा उल्लेख नभएपनि छुट्टै मुस्लिम कोटाको व्यवस्था गर्न सकिन्छ ।’ भण्डारीले भन्नुभयो । जिल्लाका दरभान, वड्डाँडा, दाखाक्वाडी, बिजुवार, बाग्दुला, बाहाने, मच्छी, खलङ्गामा मुस्लिम व्यवसायिहरुले कपडा फेन्सी, कस्मेटिक, जुत्ताचप्पल, खाद्य तथा किराना व्यवसाय गरि बर्सौ देखि व्यापार गर्दै आएका छन् ।यहि असोज ११ गते सँघको नयाँ नेतृत्व चयन गर्दै छ।फाइल फोटो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध