वैशाख ४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
आज बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।
यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
आगामी २४ घण्टाभीत्र देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै भोली (शुक्रबार) दिउँसो देशभर सामान्यतया बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
त्यस्तै भोली राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।