असार १८, काठमाडौँ | बितेको २४ घण्टामा काठमाडौँमा २८ जना संक्रमित भेटिएका छन् । यो सहित पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौँबाहेक भक्तपुर र ललितपुरमा २/२ जना संक्रमित भेटिएसंगै पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना संक्रमितको संख्या ३२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् । कोरोनाको कारण ३१ जनाको मृत्यु भएको छ ।