2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अवस्थाबारे छलफल

लाल बहादुर चदारा । फागुन ७, अछाम । बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अबस्था सम्बन्धमा साझा अवधारणा सहितको साझा सवाल कार्यक्रम हातिकोटमा सम्पन्न भएको छ । 

छलफलमा बालमैत्री बिपद जोखीम न्यूनीकरणका बिषयमा मेल्लेख गाउपालिका ८ हात्तिकोटमा वडामा भए गरेका क्रियाकलापसंग केन्द्रीत रहि सरोकारवालासंग अहीलेको अबस्था, देखिएका समस्या, न्युनिकरणका उपाय, आगामी रणनीती, स्थानीय सरकारले बालबालीकाको क्षेत्रमा बनाएको योजनाका बिषयमा केन्द्रीत रहि सम्बाद गरिएको थियो । आस्था नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीका संचालित नेपाल विपद जोखिम न्युनिकरण परियोजना अन्र्तगत भएको संवादमा सरोकारवाला सबैले अहिले सम्म बालमैत्री बिपद जोखीम न्यूनीकरणका बारेमा सामान्य जानकारी भएता पनी ब्यावहारमा लागु गर्न नसकेको बताएका थिए ।

आगामी दिनमा योजना बनाएर यस बिषयलाई प्राथामिक्ताका साथ अगाडि वढने प्रतिबद्धता जनाएका थिए । जनप्रतीनीधीले बालमैत्री बिपद जोखीम न्यूनीकरणलाई नारा र भाषणमा मात्र केन्द्रीत नगरी ब्यबहारमै लागु गर्ने र अहिले सुरु नगरे कहिले गर्ने भनेर प्रतीबद्धता जनाएका छन ।

बोली चाली, दैनीक ब्यबहार, पारीवारिक वातावरण, स्कूल र अन्य ठाउमा थुप्रै ढंगले बिभेद भएको भन्दै बिपदको बिषयमा सबै भन्दा पहिले बालबालीका नै मारमा पर्ने भएकोले आगामि दिनमा बिद्यालयका शिक्षकले बिद्यालयमा दैनीक रुपमा जनचेतना, अभिमुखिकरण तथा प्रयोगात्मक नमुना अभ्यास गराउने र जनप्रतीधीले पनी सहकार्यका साथ सम्बन्धीत पक्ष संग मिलेर काम गर्ने बताएका छन । कार्यक्रमको बिषयमा नेपाल विपद जोखिम न्युनिकरण परियोजनाका परियोजना अधिकृत मणिराज पाण्डेयले प्रकश पार्नु भएको थियो ।

कार्यक्रमका सहभागि स्थानिय सरकारका प्रतिनिधी, शिक्षक, बिद्यार्थि, तथा वडाअध्यक्षले वडा स्तरमा वालमैत्री बिपद जोखिमका थुप्रै समस्या रहेकाले नगरपालिका, गाउपालिका र प्रदेशले खासै ध्यान नदिएको बताएका थिए । आस्था नेपालका सामाजिक परिचालक गणेश रेग्मीले संञ्चालन गर्नु भएको कार्यक्रमको सहजिकरण पत्रकार लाल बहादुर चदारा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो