2026-06-18 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं उपत्यकाका ५४ जना सहित थप १८० जनामा कोरोना संक्रमण पुष्टि

असार २२, काठमाडौँ । नेपालमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ थप भएकासमेत हालसम्म संक्रमितको संख्या ९ हजार ९ सय ६४ पुगेको गौतमले बताए  । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार आठ सय ११ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा साेमबार चार हजार सात सय जनाको नमुना परीक्षण गरिएको थियो । त्यसैगरी आइसोलेसनमा हाल नौ हजार एक सय १८ र क्वारेन्टाइनमा २९ हजार दुई सय १५ जना रहेको गौतमले बताए । 

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोडिभ १९ को संक्रमण फैलिएको छ वा छैन भनि विभिन्न ठाउँबाट स्वाब लिई परीक्षण गर्ने क्रममा तीनकुने र नख्खु टोलका दुई सय २८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको गौतमले जानकारी दिए । उनले १० ठाउँमध्ये अन्य ठाउँको नुमना संकलन र परीक्षण नतिजा आउने क्रममा रहेको बताए ।  

मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाका ५४ जना रहेका छन् । काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु