Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

By kit 3 मिनेट पढाइ

पुस २५, गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो ।

प्रकनियादेवी ज८प ४८६० नंको मोटरसाइकलमा चढी आफ्ना ज्वाइँसँग भारत विहारको सुरसण्डबाट आज बिहान आफ्नो घर आउँदै गर्दा एकडारा–४ स्थित सडकमा उनीहरु चढेका मोटरसाइकलले विपरीत दिशाबाट दुई बालक चढी आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी उनको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । मृतकका ज्वाइँ घटनापछि फरार छन् ।

सोही दुर्घटनामा परी साइकलमा चढेका स्थानीयवासी १२ वर्षीय अभिराम पाण्डे र १० वर्षीय अमित पाण्डे घाइते भएकामा उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस