साउन १५, वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको छ । ५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको सार्वजनिक गरेका छन् ।


उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टैनै कोरोनालाई जित्ने छु’ ।
कोरोना संक्रमित सरावगीलाई काठमाडौंस्थित उनको अपार्टमेन्टमा उपचारको व्यवस्था मिलाइएको छ ।


