२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान सुरु

२०७६, ८ असार आईतवार १०:५४

असार ८, काठमाडौँ | सरकारले सामाजिक कूरीति र कुसंस्काति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिकपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिक विकृतिका रुपमा कहलिएको छाउपडीका नाममा महिलामाथि हुने गरेका सामाजिक हिंसा नियन्त्रण तथा जागण अभिवृद्धिका लागि बजेटमै कार्यक्रम समेटिएको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिने क्रममा मन्त्री थापाले छाउपडी प्रथा निर्मूलका लागि पर्याप्त बजेट नभए पनि जनताको अधिकतम सहभागितामा उक्त कुप्रथा उन्मूलनका लागि अभियान चलाइने बताउनुभयो । 

त्यस कार्यक्रमका लागि सातवटै प्रदेशका स्थानीय तहमा योजना कार्यक्रम समेटिएको र सङ्घीय सरकारसँगको समन्वयमा स्थानीय तहबाटै विकृति निर्मूल गर्ने योजना बनाइएको उहाँले सुनाउनुभयो । 

कूरीतिको अन्त्यका लागि उपलब्ध भएका ऐन, कानूनको प्रभावकारी कार्यान्वयनका लागि सबै संयन्त्रलाई समेत परिचालन गरिएको मन्त्री थापाको भनाइ छ । उहाँले ज्येष्ठ नागरिकको सेवा आश्रम देशका सबै ७५३ स्थानीय तहमा बनाउने उद्देश्यअनुरुप अहिले २०० स्थानीय तहमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सामाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउँदै, ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसा न्यूनीकरणका लागि बजेटले प्राथमिकता दिएको छ । ज्येष्ठ नागरिकको अधिकार र सुविधाको संरक्षण गरी उनीहरुको ज्ञानलाई युवा पुस्तामा हस्तान्तरण गर्नेलगायतका कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ । 

शारीरिकरुपमा अशक्त भएका व्यक्तिको संरक्षण, जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम समेटिएको मन्त्री थापाले बताउनुभयो । हिंसापीडित महिलाका लागि विभिन्न प्रदेशमा दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गरिएको उल्लेख गर्दै मन्त्री थापाले घरेलु हिंसा अन्त्यका लागि पुरुष सञ्जाल गठन गरेर सामाजिक कूरीति न्यूनीकरणका लागि प्रचारात्मक कार्यक्रम भइरहेको बताउनुभयो ।

महिलाको आर्थिक सशक्तीकरण, दिगो विकास लक्ष्यअनुरुप क्षमता अभिवृद्धि, सीप विकासजस्ता कार्यक्रमलाई बजेटमा समेटिएको छ । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्त भएका व्यक्तिको ग्राम सातवटै प्रदेशमा स्थापना गर्ने कार्यलाई यस वर्ष पनि निरन्तर दिइएको मन्त्री थापाले जानकारी दिनुभयो ।

सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, डिला सङ्ग्रौला, रङ्गमती शाही, मीना पाण्डे, मीनबहादुर विश्वकर्मा लगायतले छाउपडी प्रथा उन्मूलनको कार्ययोजना, महिलाविरुद्ध हुने हिंसा न्यूनीकरण, बाल संरक्षण र ज्येष्ठ नागरिकको संवद्र्धनका कार्ययोजनाबारे मन्त्री थापासँग थप स्पष्टीकरण माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी