2026-08-25 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्बाब्बे ए लाई नेपालको १३७ रनको सामान्य लक्ष्य

वैशाख २३, काठमाडौँ | एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ लाई नेपालले १३७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍याे ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे । 

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गत साता शनिबार नै नेपाल र जिम्बाब्बेबीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन टी- २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।नयाँ तालिकाअनुसार शुक्रबारबाट तीन एकदिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन