भदौ ३१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको छ ।