Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धवलागिरि अञ्चलका एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

२०७७, ३१ भाद्र बुधबार १०:४१

भदौ ३१, गलकोट (रासस) : साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । दैनिकजसो चार जिल्लामध्ये कतै न कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडर नै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत् आपूर्ति बन्द हुन्छ । 

लोडसेडिङमुक्त भए पनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत् अनियमित भइरहने विद्युत् प्राधिकरण वाग्लुङ वितरण केन्द्रका प्रमुख इञ्जीनियर शिवनारायण गोशलीले जानकारी दिनुभयो । “लोडसेडिङ होइन, विद्युत् आपूर्ति अनियमित भएको हो”, केन्द्र प्रमुख गोशलीले भन्नुभयो, “मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमशः पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउँनासाथ मोदीबाटै विद्युत् काट्नुपर्ने समस्या छ ।” 

चार जिल्लामध्ये कुनै एक जिल्लामा विद्युत् पोल, तार तथा सबस्टेशनको ब्रेकरमा समस्या आउँनासाथ अन्य जिल्लामा समेत विद्युत् आपूर्ति नहुनु नै मुख्य समस्या रहेको गोशलीको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि चार जिल्लाका छुट्टाछुट्टै फिडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीको भनाइ छ ।

उहाँका अनुसार पुरानो विद्युत् वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रसारण लाइन विस्तार गर्न अर्बौँ बजेट लाग्ने छ । अहिले वाग्लुङको रामरेखा सबस्टेशनभन्दा अगाडि प्रसारण लाइनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत् बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत् जान्छ । 

 अहिले प्रत्येक जिल्लामा बाढीपहिराका कारण विद्युत् पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत् प्रसारणको अवरोधका रूपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक–पटक विद्युत् आपूर्ति अनियमित भइरहेको छ । पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत् कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत् बन्द नै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सबस्टेशन, ब्रेकरलगायतका उपकरणमा समस्या आउँदा विद्युत् नियमित हुनसकेको छैन । 

विद्युत उत्पादन र क्षमताका हिसाबले एक मिनेट पनि विद्युत् सेवा अवरुद्ध हुन नपर्ने अवस्थामा दिनमै पटक–पटक विद्युत् आउनेजाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने वाग्लुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश