2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको कर्मचारी मिलन केन्द्र नवलपरासीद्धारा बिदाई

सरु शर्मा  मंसिर ११, नवलपरासी । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिदाई गरीएको छ । कर्मचारी मिलन केन्द्र नवलपरासीले एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेको हो । केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीका प्रमुख कोष नियन्त्रक महेन्द्र भण्डारीको अध्यक्षतामा बिदाई गरीएको हो । २०७२ साल माघ मा प्रमुख जिल्ला अधिकारी का रुपमा नवलपरासी आउनुभएका पन्थले जिल्लामा २३२ दिन बिताउनुभयो । कार्यक्रममा बोल्दै पन्थले जिल्लामा रहदाको समयमा सबैको कार्य र सहयोगको प्रशँसा गदै सबै काम समयमै सम्पादन गरी आफ्नो नवलपरासीको कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबै कर्मचारी, नागरीक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सबैलाई धन्यबाद दिनुभएको थियो ।

     प्रमुख जिल्ला अधिकारी पन्थ सरुवा भई सुर्खेत जान लाग्नुभएको छ भने नवलपरासीमा गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना आउन लाग्नुभएको छ । उहाहरुको सरुवा गृह मन्त्रालयले मँसिर ९ गते सार्बजनिक गरी जानकारी गराएको थियो । बिदाई कार्यक्रमको सँचालन केन्द्रका सचिव एवँ जिल्ला हुलाक कार्यालय नवलपरासीका प्रमुख मोहन पोख्रेलले गर्नुभएको थियो । 

     यस्तै सुनवल नगरपालिकाका कार्यकारी अधिकृत माधव ढकाललाई पनि बिदाई गरीएको छ । सरुवा भएर स्वास्श्थ्य मन्त्रालय अन्तर्गत जान लाग्नुभएका ढकाललाई केन्द्रले सोही कार्यक्रममा बिदाई गरेको हो । 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता