कात्तिक ३, काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घन्टामा तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा १५ हजार सात सय १४ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय ३५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ ।
बितेको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।