२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै

२०७७, १४ मंसिर आईतवार १५:५४

मङ्सिर १४, नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ ।

दिल्लीमा आइतबार निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ हजार ३२५ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा भारतको राजधानीमा सङ्क्रमित विरामीभन्दा सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या बढ्दो देखिएको छ । 

राजधानी दिल्लीमा शनिबारको तुलनामा आइतबार सङ्क्रमण पुष्टि हुने विरामी पनि कम देखिएका छन् । अहिलेसम्म दिल्लीमा कूल पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

विभागले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार दिल्लीमा विगत २४ घण्टामा कूल ६४ हजार १८६ जनाको कोभिड परीक्षण गरिएको थियो । 

तथ्याङ्कले दिल्लीमा नोभेम्बर ७ मा कोभिड सङ्क्रमित दर १५.२६ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा यो दर ९.०८ प्रतिशत कायम भएको राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले बताउनुभयो । 

त्यसैगरी दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ६८ व्यक्तिको मृत्यु भएको र अहिलेसम्म यहाँ कूल नौ हजार ६६ जनाको मृत्यु भएको बताइएको छ ।

दिल्लीमा अहिले ३५ हजार ९१ कोभिड सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् भने पाँच लाख २२ हजार ४९१ व्यक्ति निको भई घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न