२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

२०७७, १४ मंसिर आईतवार १५:५९

मङ्सिर १४, सिड्नी (रासस/एएफपी) । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ ।

सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ ।

सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् । 

सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेकोे थियो । सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

“त्यसैगरि दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,” अष्ट्रेलियाका विभिन्न भागमा आगामी दिनमा अझ बढी गर्मी हुने पूर्वानुमान गरिएको मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले बताउनुभयो । 

 अष्ट्रेलियाको दक्षिणी क्षेत्र ग्रिफिथ्स र माइल्दुरामा नोभेम्बरका दिनहरूमा तापक्रम अत्यधिक रहेपनि शनिबार सबैभन्दा धेरै क्रमशः ४३.२ र ४५.७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

गर्मी उच्च हुन थालेपछि वस्ती नजिकका जङ्गल वरपर आगो नबाल्न अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका छन् ।

अष्ट्रेलियामा सन् २०१९को अन्त्य र सन् २०२० को सुरुमा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा ३३ मानिससहित तीन अर्ब प्राणीले अकालमा मृत्यु वा विस्थापित भएको घटना ताजै रहेपनि यो वर्ष पनि अत्यधिक गर्मीसँगै डढेलोका घटना बढ्नसक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका हुन् । 

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् । गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न