पत्रकार पक्राउप्रति महासङ्घको निन्दा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २२, काठमाडौँ | </b>नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।&nbsp;<br></p><p>टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहनुभएका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहनुभएका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ ।&nbsp;</p><p>शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि&nbsp; कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply