राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

माघ १, काठमाडौँ | यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ ।

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले सो जानकारी दिनुभयो ।

थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उहाँबाट ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मूल आयोजक समितिका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हुने कार्यक्रममा सुरक्षा निकायको बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने गरी तयारी गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ, सुरक्षा व्यवस्था मजबुत हुनेछ, प्रचार प्रसार, ब्यानर, फ्लेक्स, साउण्ड सिस्टम, वाइफाइ र कार्यक्रमस्थलको आवश्यक सजावटलगायत सबै तयारी नगरपालिकाले पूरा गरेको छ ।”

कार्यक्रममा एनसेटका प्रतिनिधिबाट ‘घुँटा टेकी गुँडुल्की ओत लागि समात’ को राष्ट्रिय अभ्याससमेत गरिने जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकारी एवं कानून अधिकृत केशव सिलवालले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस वर्ष दिवसको अवसरमा ¥याली प्रदर्शन नगरिने बताउनुभयो । उहाँले यो कार्यक्रमले मध्यपुरथिमिको ऐतिहासिक सम्पदा एवं कला, संस्कृतिको अवलोकनमा टेवा पुग्ने पनि बताउनुभयो ।

वर्तमान कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी वा अनलाइन प्रविधिमार्फत देशका सङ्घ, प्रदेश तथा स्थानीय तहहरुमा देशव्यापीरूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

भूकम्पीय सुरक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षासम्बन्धी डिजिटल प्रदर्शनीलगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यम र अनलाइन प्रविधिमार्फत आयोजना गरिने भएको छ ।

विसं २०५५ देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply