२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु

२०७७, १६ चैत्र सोमबार ०६:१५

चैत १६, काठमाडौँ । नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने  उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता छ । 

छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न चाहिने बताउनुभयो । उहाँले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर  रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गर्नुभयो ।  

आफूले पनि सन् २०१६ मा शुरु भएको तालीममा सहभागी भई राष्ट्रिय सुरक्षाका विभिन्न आयामबारे  बुझ्ने मौका पाएको जनाउँदै उहाँले निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयले राष्ट्रिय शक्ति अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तर्कि्रयाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने बताउनुभयो । तालीममा विदेशमामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनुहुने  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै