अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला, परीक्षा जेठमा हुने

साझासवाल

चैत्र १६, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला गरेको छ । परिषद्ले सोमबार एक सूचना जारी गर्दै आगामी २०७८ साल जेठ महिनामा  संचालन हुने अधिवक्ता परीक्षाको लागि दरखास्त दिन आव्हान गरेको हो  ।

बागमती प्रदेशको काठमाडौं, प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । तर कानून व्यवसायी परीक्षा सञ्चालन निर्देशिका, २०५५ बमोजिम उपत्यका बाहिर रहने परीक्षा केन्द्रमा ५० जना भन्दा कम परीक्षार्थी संख्या भएमा सो केन्द्रमा परीक्षा सञ्चालन हुने छैन ।

अधिवक्ता तहको २९ औं परीक्षामा सहभागी हुन नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा १७(१) बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजातहरु नोटरी पब्लिकद्वारा प्रमाणित गराई मिति चैत्र १६ गतेदेखि २०७८बैशाख १५ गतेसम्म तोकिएको दरखास्त फाराम  पूर्णरुपमा भरी बुझाउन आव्हान गरिएको छ । म्याद समाप्त भएको भोलिपल्टबाट अर्को सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त फाराम बुझाउन सकिने छ । दरखास्त फाराम रू. एक सय बुझाई परिसद बाट खरिद गर्न सकिनेछ ।

परीक्षा दस्तुर वापत रू.२ हजार ५ सय बुझाएको सिद्धार्थ बैंकको च.हि.नं. ००११५४०३९१९ (सिद्धार्थ बैंकको नगद संकलन केन्द्र परिषद् मा नै रहेको छ) को सक्कल बैंक भौचर दरखास्त फाराम साथ पेश गर्नु पर्नेछ ।

परीक्षा कार्यक्रम र परीक्षा केन्द्र सम्बन्धी जानकारी आगामी २०७८ साल जेठ महिनाको पहिलो हप्ताभित्र परिषद्को वेवसाइट मार्फत प्रकाशित गरिने जनाइको छ । परीक्षाको पाठ्यक्रम र निर्धारित नजीर परिषद्को वेवसाइट https://nepalbarcouncil.org.np/ बाट डाउनलोड गर्न सकिनेछ । दरखास्तवाला व्यक्ति कुनै सरकारी वा गैर सरकारी कार्यालय वा संघ/संस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न वा अन्य व्यवसायमा संलग्न रहेको भए कानून व्यवसायी परीक्षा उत्तीर्ण भएपछि सम्बन्धित निकायका अख्तियारवालाबाट कानून व्यवसाय गर्ने अनुमति प्रदान गरिएको पत्र पेश गर्नु पर्नेछ । अनुमति पत्र पेश गर्न नसकेमा नोकरीबाट वा व्यवसायबाट अलग भएका बखत प्रकृया पूरा गरी प्रमाणपत्र लिन सक्नेछन् ।

अधिवक्ता तहको परीक्षामा परीक्षार्थीले प्रवेशपत्र र लेख्ने कलम बाहेकका मोबाइल लगायतका विद्युतीय सामग्री तथा पर्स लगायत कुनै पनि चिज वस्तु परीक्षा हल भित्र लान निषेध गरिएको छ । परीक्षा सम्बन्धी अन्य जानकारीका लागि परिषद्को वेवसाइट हेर्न सकिनेछ ।

Leave a Comment

Leave a Reply