५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार

२८ माघ २०८१, सोमबार १५:१०

काठमाडौँ | बूढानीलकण्ठस्थित एक घरमा आइतबार (माघ २७) साँझ प्रहरीले छापा मार्दै अनलाइन ठगीमा संलग्न २३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अपरेशन सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भारतीय नागरिकले पूरै घर भाडामा लिएर अवैध अनलाइन कारोबार सञ्चालन गरिरहेका थिए। अनुसन्धानका क्रममा उनीहरूले ‘३६०’ नामक बेटिङ साइटमार्फत सट्टेबाजी र अनलाइन ठगी गर्दै आएको खुल्न आएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ८८ थान मोबाइल, १० वटा ल्यापटप र ८१ हजार रुपैयाँ नगद बरामद गरेको छ। प्रहरीका अनुसार ठगीबाट उठाइएको रकम भारतीय नागरिककै बैंक खातामा जम्मा हुने गरेको देखिएको छ। अनुसन्धानका क्रममा यो गिरोहले क्रिप्टोकरेन्सी कारोबारसमेत गर्दै आएको पत्ता लागेको छ।

विषेश सूचनापछि एसएसपी अधिकारी आफैँ त्यहाँ छापा मार्न पुगेका थिए । केही समयअघिदेखि उनीहरूले साढे दुई तलाको घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउँदै आएका थिए। बाहिरबाट हेर्दा सबै बन्द देखिने घर भित्रबाट चाबी लगाएर अनलाइन ठगी धन्दा चलाइएको थियो । साँझ तरकारी किन्न घरबाट एक युवक बाहिर निस्किएको मौका छोपेर प्रहरी टोली त्यहाँभित्र प्रवेश गरेको थियो ।

अनुसन्धानका क्रममा यो गिरोहले तीन अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। अनुसन्धान अझै जारी रहेको र ठगीको रकम अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।

पक्राउ परेका २३ जनालाई प्रहरीले भोलि (माघ २९) सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली प्रहरीले भारतीय नागरिकद्वारा सञ्चालन गरिएको अनलाइन ठगी अखडामा पहिलोपटक छापा मारेको हो। यसअघि चिनियाँ नागरिकद्वारा सञ्चालन भएका यस्ता ठगी गिरोहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए