एमाले स्थायी कमिटी बैठक ४ बजे

साझासवाल
1 Min Read

<p><b>असार २७, काठमाडौँ (रासस)।</b> नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।&nbsp; एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।&nbsp;<br></p><p>सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply