By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने
काठमाडौँ - KTMसमाज

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

साझासवाल
Last updated: July 26, 2021 5:19 am
साझासवाल
9 Min Read
Share

उर्मिला भण्डारी । साउन ११, काठमाडौँ (रासस)। कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो । नेपाल चलचित्र सङ्घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो ।

पहिलो– चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन ? दोस्रो– सङ्कटमा रहेको चलचित्र क्षेत्र झन सङ्कटको चपेटा पर्यो । तेस्रो– अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ । हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यीनै हुन् । यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ । यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ ।

कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै । अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन । कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ ।

नेपाल चलचित्र सङ्घका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । “सामाजिक दूरी कायम गरेर हल  सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो”, चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले भन्नुभयो ।

सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन् । तेत्तीस प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन । “त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन”, उहाँले भन्नुभयो । 

नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः शुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ । 

विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ ।

विश्व बक्स अफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका । हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ । हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन् । चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सधँैका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ । 

कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्घले जनाएको छ । देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।

राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ । जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ । ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ । दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ ।

राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन् । कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ । कतिपय हल गोदाममा परिणत भएको छ । यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ । समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ । अन्यथा चलचित्र क्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ । यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ ।

चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै रु दुई अर्ब बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्क भने छैन । वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाबाट निकालिएको छ ।

अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ । कलाकार घरमै आराम गरिरहेका छन् । कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ । हलवाला र निर्माता ब्याजको मारमा परेका छन् । जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन । दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन् ।

प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुङ्गो लागेको छैन । नेपाल चलचित्र सङ्घका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ । अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन् । दर्शक नै नआई हल खुल्न सक्दैन । कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ । सामान्य भएकै अवस्थामा खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ । यसकारण पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीको धारणा रहेको छ । 

यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले पनि अरु क्षेत्र खुले पनि चलचित्र क्षेत्र खुलिहाल्न कठिन रहेको बताउनुभयो । उहाँका अनुसार सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने छ । “यसो गर्दा तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने भने होइन । केही रूपमा कामको शुरुआत गर्न सकिन्छ भन्ने हो । यसले सबैलाई आत्मबल प्रदान गर्छ । यसरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेको तुलनामा फर्कन सक्छ भन्ने हो”, अधिकारीले भन्नुभयो ।

यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ । स्वास्थ्य मन्न्त्रालयसँग तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । “एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो । स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो । त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि शुरु हुन्थ्यो । यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो”, उहाँले भन्नुभयो ।

चलचित्र निर्माण नहुँदा निर्माणमा सहभागी सबै चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव त पर्ने नै भयो । योसँगै वितरण र प्रदर्शन पनि हुन सक्दैन । चलचित्र निर्माणका लागि प्रदर्शन अपरिहार्य छ । जबसम्म चलचित्र प्रदर्शन हुन सक्दैन तबसम्म निर्माण हुन सक्दैन । चलचित्र निर्माण र प्रदर्शन हुन नसक्दा चलचित्र क्षेत्र शून्य अवस्थामा रहन्छ । अहिलेको अवस्था यही नै हो ।  

चलचित्र क्षेत्र कहिले खुल्छ र कसरी खुल्छ भने विषयमा चलचित्रकर्मीमा नै अन्योल छ । चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थासँग पनि भावी रणनीति छैन । न त चलचित्र विकास बोर्डले नै यसबारे प्रष्ट पार्न सकेको छ । यस्तो अवस्थामा चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय त लाग्ने नै छ तर अबका दिनमा चलचित्र क्षेत्रले विश्वास कायम गर्न सक्छ कि सक्दैन, दर्शकलाई रिझाउन सक्छ कि सक्दैन भन्ने पनि मुख्य विषय बनेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’
Next Article राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भारतलाई बिधुत बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने

2 years ago
काठमाडौँ - KTMसमाज

रातको समयमा पखालिँदै काठमाडौँका सडक

57 years ago
समाज

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?