२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने

२०७८, ११ श्रावण सोमबार ०५:३९

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको छ । बैंकले माग गरेको उक्त दुई पदमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी सिपाही पदका लागि २७ जना कर्मचारी माग गरेको छ । सिपाही (महिला) पदका लागि ५ जना कर्मचारी माग गरेको छ । २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ । जुन पदका लागि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले नै आवेदन दिन सक्नेछन् ।यस्तै, बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि पनि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले माग गरेको उक्त पदमा ४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।  साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रीय बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि