माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपा"/>

2026-07-09 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई बिधुत बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

2017-01-20

माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी/ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेलभमेन्ट (इराडे) ले तयार पारेको नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने अर्थिक लाभसम्बन्धि विश्लेषणात्मक प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।

नेपालले हाल भारतबाट दैनिक ३ सय ५२ मेगावाट आयात गरिरहेको छ भने आयातीत बिजुलीका लागि बर्सेनि २० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेलगायत अमेरिकी र भारतीय राजदूतावासका  उच्च अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको जलविद्युत् उत्पादनको क्षमतालाई उपयोग गर्न सके मुलुकको जीडीपी १ सय ३१ खर्ब रुपैयाँ पुग्ने उल्लेख छ ।

हाल नेपालको जीडीपी २२ खर्ब ४८ अर्ब रुपैयाँ छ । इराडेका सभापति डा. किरित पारिखले विद्युत् निर्यातबाट नेपालले    सन् २०२५ सम्ममा ४४ अर्ब, २०३० सम्ममा ३ खर्ब १० अर्ब, २०३५ सम्ममा ५ खर्ब ६५ अर्ब र  २०४० सम्ममा ८ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्नसक्ने अध्ययनले देखाएको जानकारी दिए । -कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू