माघ ५, काठमाडौँ | नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।

प्रहर"/>

२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

२०७८, ५ माघ बुधबार ०५:५३

माघ ५, काठमाडौँ | नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताउनुभयो । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भन्नुभयो । पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उहाँको भनाइ थियो । 

प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो । पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो । कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताउनुभयो ।

तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ । हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन् ।

प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो । अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले