Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुई महिनाभित्रै मेलम्ची खानेपानी काठमाडौंमा आईपुग्ने

By साझासवाल 2 मिनेट पढाइ

असोज १२, काठमाडौँ | मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दावी गरेका छन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए ।

अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए ।

दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ ।

आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।