2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

January 22, 2022

माघ ८, काठमाडौँ | दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ ।

चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ । उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ । विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ । तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।

तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन । अर्कोतर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।

सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् । चीनबाट कतिपय सामानमा नेपाल निर्भर हुँदै गएको अवस्था छ । यसमा चीनले नाकाबन्दी गरेर दोहोरो लाभ लिइरहेको छ ।

अमेरिका र चीनको टकरावका कारण राजनीतिक दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक