2026-10-12 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेलको मूल्य आकाशिदै गर्दा यूरोपमा विद्युतीय कारको विक्री बढ्यो, नेपालमा के होला ?

एजेन्सी | विश्वबजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल ९० डलर कटेको छ । दैनिक एक डलरभन्दा बढी दरले मूल्यवृद्धि भइरहेको छ ।

तेलको मूल्य अझै बढ्ने आँकलन गरिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हल्ला देखि उत्पादक देशहरुले उत्पादन नबढाउँदा मूल्य आकाशिने अवस्था बनेको हो ।

तेलको मूल्य बढेसँगै यूरोपमा विद्युतीय सवारीमा जोड दिन थालिएको छ । यूरोपमा विद्युतीय सवारीको विक्रीले नयाँ किर्तिमान तोडेको छ । डिजेल गाडीभन्दा विद्युतीय गाडीको विक्री डिसेम्बरमा बढी रहेको तथ्यांक सार्वजनिक भइसकेको छ । जनवरीमा पनि विक्री बढिरहेको उल्लेख छ ।

बेलायतमा टेस्ला मोडल ३ कार गत वर्ष बढी बिकेको छ । तर, यसप्रकारका विद्युतीय कार डिजेल कारभन्दा तीन गुना बढी मूल्यका छन् ।

फाइनान्सियल टाइम्सको तथ्यांक अनुसार २०२१ को अन्तिमतिर विद्युतीय कार विक्रीले डिजेल कारको विक्रीलाई उछिनेको छ । पश्चिम यूरोपमा १ लाख ७६ हजार विद्युतीय कार विक्री हुँदा डिजेल कार १ लाख ६० हजार विक्री भएको छ । विद्युतीय कारको मूल्य बढी भएकाले उपभोक्ता अझै उत्साही भएका छैनन् ।

नेपालमा पनि विद्युतीय कारमा आकर्षण बढेको छ । तर, विद्युतीय कारको मूल्य पेट्रोल र डिजेल कारभन्दा दोब्बरभन्दा बढी रहेको छ । तेलको मूल्य वृद्धिले भने उपभोक्ताहरुमा विद्युतीय कारप्रति आकर्षण बढ्ने देखिएको छ । तर, सरकारले कर नघटाउँदा मूल्यमा कमी आएको छैन । सरकारले विद्युतीय सामाग्री प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको भनिएपनि कार्यान्वयनमा आएको छैन । जसका कारण विश्वबजारमा तेलको मूल्य वृद्धि हुँदा देशको ठूलो धनराशी बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी